दलित युवाको मृत्युः सिन्धुली प्रशासनअघि धर्नामा रास्वपा सांसद
काठमाडौं । हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्युलाई लिएर न्याय माग्दै सत्तारुढ रास्वपाका ६ सांसद र दलित अधिकारकर्मी जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटमा धर्नामा बसेका छन् ।
सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विक, आशिष गजुरेल प्रशासनअघि धर्नामा बसेका हुन् ।
सांसद सुनारले प्रहरीले श्रीकृष्णको हत्या गरेको आरोप लगाएका छन् । अन्तरजातीय बिहेको आरोपमा पक्राउ परेका श्रीकृष्णलाई हिरासतमा कुटेर हत्या गरेको र घटना दबाउन सीडीओ र एसपीले दबाब दिएको पीडितको आमालाई उद्धृत गर्दै सुनारले फेसबुकमा लेखेका छन् ।
सीडीओ, एसपी र खुर्कोटका इन्स्पेक्टरलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने,संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्