रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले वैशाख १५ गतेदेखि पार्टीको जिल्ला अधिवेशन सुचारु गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी महामन्त्री एवं प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले यसबारे जानकारी दिए । बैठकले यसका लागि जिल्ला अधिवेशन कार्यविधि समेत स्वीकृत गरिसकेको उनले बताए ।
महामन्त्री बुर्लाकोटीकाअनुसार रास्वपाले ७७ मध्ये ७६ जिल्लामा जिल्ला समिति गठन गरिसकेको छ भने डोल्पामा गठनको प्रक्रिया जारी छ । हालसम्म ४ सय ६० पालिकामा समिति बनेको रेकर्ड प्राप्त भएको र करिव २५ सय वडाहरूमा समिति गठन भइसकेको पार्टीले जनाएको छ । बैठकले केन्द्रिय नीति विचार विभागमा संस्थापक केन्द्रिय सदस्य महेश्वर घिमिरे र सांसद सुशान्त वैद्य मनोनित गरेको छ ।
केन्द्रिय प्रशिक्षण विभागमा मधु अर्याल, सृष्टि भट्टराई, नवीन श्रेष्ठ, जयदुर्गा बुढाथोकी, नरेश तिमल्सिना र सुजन कुमार श्रेष्ठ गरी ६ जना सदस्य मनोनित गरेको बुर्लाकोटीले बताए । केन्द्रिय सङ्गठन विभागमा कमल खनाल (रुपन्देही), तोरण विक (सुर्खेत) र उदय सापकोटा (रौतहट) मनोनित गरेको छ । प्रवास नेपाली सम्पर्क विभाग प्रमुखमा सचिवालय सदस्य दीपकराज बोहोरा नियुक्त गरेको छ ।
यस्तै, बैंक खाता सञ्चालनमा उपसभापतिको हस्ताक्षरको सट्टा महामन्त्रीको हस्ताक्षर रहने गरी आन्तरिक कार्यविधिमा परिवर्तन गरिएको छ । रास्वपाले देश र विदेशमा रहेका विभिन्न क्षेत्रका विज्ञहरूलाई पार्टीमा ‘इनपुट’ दिनका लागि औपचारिक आह्वान गर्ने निर्णय गरेको छ ।
पार्टी महाधिवेशनको तयारीका लागि महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गरिएको छ ।
गएको निर्वाचनमा प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेका ४० वटा निर्वाचन क्षेत्रमा नागरिकका समस्या सुन्न र समन्वय गर्न समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोक्ने गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । यसबाट १६५ वटै निर्वाचन क्षेत्रमा रास्वपाका सांसदले प्रतिनिधित्व गर्ने वातावरण सुनिश्चित हुने पार्टीको विश्वास छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्