Techie IT
  • ३ असोज २०८३, शनिबार
KhojPatrika

हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ


काठमाडौँ । श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले कर्मचारी संयन्त्रको ढिलासुस्ती अन्त्य गर्न स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्नेगरी कानुन संशोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

कानुन मन्त्रीमार्फत् नेपाल सरकारलाई सम्बोधन गरिएको खुल्ला पत्रमा राईले कर्मचारीतन्त्रले जनप्रतिनिधिको निर्देशन अवज्ञा गर्ने, ढिलासुस्ती गर्ने तथा जटिल प्रक्रियामा अल्झाएर काममा अनावश्यक विलम्ब गराउने प्रवृत्तिका कारण देशको विकास प्रभावित भएको उल्लेख गरेका छन् ।

उनले प्रशासनिक तथा प्रक्रियागत जटिलतालाई “क्यान्सर” सरह समस्या भएको टिप्पणी गर्दै त्यसलाई समाधान गर्न कानुनी संरचनामै व्यापक सुधार आवश्यक रहेको बताएका छन् । राईले अटेरी कर्मचारीलाई जवाफदेही बनाउन स्थायी नियुक्तिको व्यवस्था खारेज गरी करार प्रणाली लागू गर्नुपर्ने तर्क अघि सारेका छन् ।

त्यस्तै, प्रक्रियामै लामो समय खर्चिने जटिल कानुनहरू खारेज गरी सरल र सहज कानुनी व्यवस्था बनाउनुपर्नेमा उनले जोड दिएका छन् । आवश्यक परे सुधारका लागि आफू सहयोग र सहकार्य गर्न तयार रहेको पनि उनले पत्रमार्फत जनाएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्