Techie IT
  • ३ असोज २०८३, शनिबार
KhojPatrika

सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा


काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो ।

वैज्ञानिक प्रणाली अनुसार भाडा समायोजन गरिएको विभागका सूचना अधिकारी गणेशमान राईले जानकारी दिएका हुन् ।

पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिएको छ । योसँगै यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आएका थिए ।

विभागका अनुसार यात्रुवाहक तर्फ १६.७१ प्रतिशत भाडा बढेको छ । मालवाहक तराई  १५.७५  प्रतिशत र पहाड तर्फ २१.६८ प्रतिशतले भाडा वृद्धि भएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्