नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको सपथ आइतबार
काठमाडौँ । नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आइतबार सपथग्रहण गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार, नवनियुक्त सभामुख अर्यालको सपथ आइतबार दिउँसो ३ बजे तय गरिएको हो ।
शितल निवासमा हुने सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ ।
प्रतिनिधिसभा, सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र रास्वपाका उपसभापति अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए ।
अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोविता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्