आफ्नो तस्वीर दुरुपयोग हुने भन्दै पर्यटनमन्त्रीको कार्यकक्षमा मोबाइल निषेध
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री गनेस पौडेलको कार्यकक्षमा मोबाइल लिएर जान निषेध गरिएको छ ।
मन्त्री पौडेललाई भेट्न जाने केही व्यक्तिले उनीसँग खिचेको तस्वीरको आधारमा शक्तिको दुरुपयोग गर्न लागेपछि उक्त निर्णय लिनुपरेको सामाजिक सञ्जालमार्फत जानकारी गराइएको छ ।
मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन आजको मितिदेखि लागु हुनेगरी मन्त्रीको कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान पूर्ण रूपमा निषेध गरिएको जानकारी गराउँदछु,’ मन्त्री पौडेलले स्टाटस लेखेका छन् ।
मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्दै विभिन्न सर्वसाधारण तथा सरकारी निकायहरूबाट अनधिकृत लाभ लिन प्रयास गरेको सूचना प्राप्त भएको छ,’ उनले भनेका छन्, ‘यसले मेरो तथा सचिवालय टीमको गम्भीर ध्यानाकर्षण गरेको छ ।’
क्याटेगोरी : जनगुनासो, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्