कांग्रेसमा छुट्टै भेलाबारे शेखरले भने–पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छन्
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले छुट्टै भेलाबारे पहिले पनि गरिरहेकै अभ्यास रहेको बताएका छन् ।
सोमबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा खड्का–शेखर समूहले नवनिर्वाचित सांसदहरूलाई सम्मान गर्न राखेको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले गरिराखेकै कुरा हो, अहिले पनि गरिराखेका हुन्छौँ,’ नेता कोइरालाले भने, ‘तपाईँहरूसँग सधैँ यस्तो भेटघाट भइरहन्छ ।’ संसद्मा हुने गतिविधि आफूहरू जानकारी लिन पनि यस्ता भेला भइरहने उनले आशय व्यक्त गरे ।
‘संसद्मा के भइरहेको छ, कसो भइरहेको छ ? हामी संसद बाहिर छौँ, धेरै साथीहरू यसपटक । त्यो कुरालाई पनि तपाईँहरूले ध्यान दिएर छलफल हुन्छ,’ उनले भने ।
संसदमा लैजाने विषयवस्तुका बारेमा संसद्बाहिर रहेका नेताहरूसँग सुझाव लिइराख्न पनि उनले नवनिर्वाचित सांसदहरूसँग आग्रह गरे । उनले भने, ‘मभन्दा पनि धेरै पुराना वरिष्ठ साथीहरू यहाँ हुनुहुन्छ । उहाँहरूसित हामीसित सरसल्लाह पनि गर्नुहोला ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्