Techie IT
  • १४ चैत्र २०८२, शनिबार
KhojPatrika

पक्राउपछि ओली र लेखकको एउटै स्वर–प्रतिशोध भयो, कानुनी लडाईँ लडर्छौ


काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि ओलीले प्रतिशोधपूर्ण पक्राउ भनेका हुन् ।

आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरूसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले यस्तो बताएका हुन् । ‘यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानुनी लडाइँ लड्छु, तपाईंहरू तयारी गर्नुहोस्,’ ओलीले वकिलहरूसँग भनेका थिए । उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।

त्यस्तै, पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताए । भक्तपुरकै कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताएका हुन् । उनले भने,’राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरेको छ । यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु ।’ मन्त्रिपरिषद्को निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकको टिप्पणी छ । ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा,’ उनले भने ।

ओली र लेखकलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ हो । जेन्जी आन्दोलनको घटना जाँचबुझका लागि गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस गरे बमोजिमको कारबाही प्रक्रिया तत्काल थाल्ने बालेन्द्र शाह सरकारको पहिलो निर्णयलगत्तै ओली र लेखकलाई पक्राउ गरिएको हो । सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति बनाउने सरकारको निर्णय छ ।

गौरी आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि लापरबाही र हेलचेक्र्याइँ गरी ज्यान मारेको अभियोगमा कारबाही गर्न सिफारिस गरिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं