बालेनलाई बाबुरामको शुभकामनाः अब कसैको देवत्वकरण र दानवीकरण नगरौँ
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा र मधेसी मूलका पहिलो प्रधानमन्त्री बन्न लागेका युवा इन्जिनियर बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले बालेनको काँधमा ऐतिहासिक कार्यभार आएको बताउँदै उनको नेतृत्वमा देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरेका हुन् ।
लामो समयदेखि आन्तरिक रूपमा देशको अर्थ–राजनीति संरचनात्मक गत्यावरोधमा फसेको उल्लेख गर्दै भट्टराईले यसलाई चिरेर अघि बढ्न बालेनलाई सुझाव दिएका छन् ।
आन्तरिक अर्थतन्त्रको सुधार मात्र नभई बाह्य रूपमा तीव्र गतिमा बदलिँदै गएको भू–राजनीतिक अवस्थाका चुनौती र सम्भावनालाई कुशलतापूर्वक व्यवस्थापन गर्नुपर्ने दायित्व नयाँ प्रधानमन्त्रीको काँधमा रहेको उनले बताए । एक्काइसौं शताब्दीका देश र जनताका आधुनिक आकांक्षाहरू पूरा गर्ने दिशामा नयाँ नेतृत्व सफल हुने भट्टराईको अपेक्षा छ ।
नेपाली राजनीति लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रिया पार गर्दै अब सुशासन र समावेशी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको भट्टराईले उल्लेख गरे ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्