कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह रहेको एमाले अध्यक्ष ओलीको टिप्पणी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदनलाई ‘कुकर्म’ र ‘भद्दा नाटक’ को संज्ञा दिएका छन् । उनले फौजदारी अपराध दण्डसंहिता २०७४ को दफा १८१ र १८२ अनुसार आफूमाथि छानबिन गर्न गरिएको सिफारिसलाई कानूनी रूपमा ‘निराधार’ र ‘अस्वीकार्य’ भएको बताएका हुन ।
ओलीले कानूनी तर्क प्रश्तुत गर्दै दफा १८१ र १८२ आकर्षित हुनका लागि सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित हुनुपर्ने र घटना प्रत्यक्ष रूपमा उसैबाट गराइएको हुनुपर्ने बताए । उनले प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिने र गोली पनि नचलाउने भन्दै आयोगका पदाधिकारीहरू पहिले नै एमाले विरुद्ध विषाक्त धारणा राख्ने व्यक्तिहरू भएकोले यस्तो प्रतिवेदन आएको दाबी गरे ।
उनले भने, ‘दफा १८१ र १८२ घटनास्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्दछ र उसबाट घटना प्रत्यक्ष रूपमा घटाइएको हुनुपर्दछ । भवितव्यले होस् कि लापरवाहीले होस् जुनसुकै परिस्थितिमा पनि उसको उपस्थिति घटनास्थलमा आवश्यक छ अनि मात्र उसले लापरवाही गरेर यस्तो भयो भन्ने कुरा हुन्छ ।
जो मान्छे त्यहाँ उपस्थित नै छैन उसको लापरवाही भन्ने कुरै हुँदैन । यो वास्तवमा कुनै सिफारिस गर्न कुनै हिसावले न्यायाधीश भइसकेका मान्छे, प्रहरीको उच्च ओहदामा अनेक मुद्दाहरू हेरेर चलाएर छानबिन गरेर आएका मानिसहरूबाट जुन सिफारिस दफा १८१, १८२ भनेर भएको छ, त्यो अत्यन्तै निराधार र यो कानुनी हिसाबले प्रधानमन्त्रीको बारेमा, गृहमन्त्रीको बारेमा, आइजिपीको बारेमा सिफारिस गर्नै नमिल्ने कुरा हो ।
हाम्रो नाम त्यहाँ उल्लेख गर्नु भनेको चरम पूर्वाग्रह, कतै केही नपाएपछि नभेटेपछि बलजफती लगेर ती दफाहरू ठुँसेको छ त्यहाँ । यो चल्नै नसक्ने कुरा हो । यो बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीतिको अर्को प्रकटीकरण मात्रै हो ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्