नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने
काठमाडौं । नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशनको लागि प्रश्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रिय कार्यसमितिले तयार पारेको प्रश्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रश्तावित कार्यतालिकाअनुसार ६ हजार ७ सय ४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन हुने पार्टीका सभापति गगनकुमार थापाले बताए ।
त्यसैगरी, साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन सम्पन्न गरिने काँग्रेसले जनाएको छ । साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ ।
जिल्ला अधिवेशन भदौ ६ र ७ गतेका लागि तय गरिएको छ भने प्रदेश अधिवेशन भदौ १५ र १६ गते हुनेछ । यो कार्यतालिका पार्टीको आगामी केन्द्रिय कार्यसमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने उनले बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्