Techie IT
  • ९ चैत्र २०८२, सोमबार
KhojPatrika

निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा हुने प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारीमा जोड दिएका हुन ।

अहिले देशमा दुई तिहाइको स्थायी सरकार बन्ने प्रक्रियामा रहेको र यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनुपर्ने बताए । एक ढिक्का भएर आवाज उठाए मात्रै सरकारले सुन्ने उनको भनाइ छ ।

आफ्नो विगतको निर्वाचन अनुभव सुनाउँदै उनले भोट दिन्छु भन्ने सबैले भोट नहाल्ने यथार्थलाई बुझ्न उम्मेदवारहरूलाई आग्रह गरे ।

विधानले पदहरू समेत बढाएकाले इगो त्यागेर पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्न उनले वरिष्ठ उपाध्यक्ष र अन्य उम्मेदवारहरूलाई सुझाव दिए । निजी क्षेत्रको एउटै बलियो आवाजका लागि एकताको विकल्प नभएको उनको निष्कर्ष छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं