१ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
काठमाडौं । निर्वाचन आायेगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको संख्यामा उल्लेख्य गिरावट आएको बताएको छ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन ।
विशिष्ट परिस्थिति र भौगोलिक चुनौतीका बाबजुद १ करोड ८९ लाख भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । निर्वाचन आयोगकाअनुसार अन्तिम नामावली अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ तदाता कायम रहेका थिए ।
जसमा महिला मतदाताको संख्या ९२ लाख ४० हजार १३१ र पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३५८ रहेको छ । अन्य लिङ्गी मतदाताको संख्या २ सय रहेको छ । यसपटकको निर्वाचनको अर्को सुखद पक्ष भनेको बदर मतको संख्यामा आएको कमी उनले बताए ।
आयोगकाअनुसार औसत बदर मत ४.७ प्रतिशतमा सिमित रहेको छ । प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको तथ्याङ्क छ । मतदाता शिक्षा कार्यक्रम र सरल मतपत्र डिजाइनका कारण बदर मतको संख्या नियन्त्रणमा आएको आयोगको विश्लेषण छ ।
निर्वाचनलाई निष्पक्ष बनाउन २२ वटा कुटनीतिक निकायका १६४ जना र राष्ट्रिय स्तरका ३५ वटा गैरसरकारी संस्थाहरूले पर्यवेक्षण गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्