खाना पकाउने ग्यास भोलिदेखि आधा सिलिण्डर मात्र पाइने
काठमाडौँ । नेपाल आयल निगमले बजारमा आधा सिलिण्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ ।
शुक्रबारदेखि उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिण्डर ग्यास बजारमा पठाउने निगमले जनाएको छ । आधा सिलिन्डर ग्यासको मूल्य पनि आधा नै तोकिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन यस्तो कदम चालेको निगमले बताएको छ ।
यसका साथै आधा सिलिण्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने प्रवृत्ति पनि घट्ने निगमको दाबी छ। यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सजिलै ग्यास पाउने निगमको दाबी छ ।

क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्