समानुपातिकमा पनि रास्वपा नै पहिलो दल, ५७ सिट जित्यो, अरू दलको कति ?
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ । समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा बनेको छ ।
समानुपातिकमा कुल ११० सिट रहेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट जितेको छ । यसैगरी नेपाली कांग्रेस २० सिट जिती दोस्रो दल बनेको छ ।
नेकपा एमालेले १६ सिट र नेपाली कम्युनिस्ट पार्टीले ९ सिट जितेका छन् । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४–४ सिट जितेका छन् ।
विज्ञप्ति जारी गरी निर्वाचन आयोगले उक्त जानकारी दिएको हो । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १,१२,८०, ६१७ मत खसेकोमा १,०८,३५,०२५ (९६.०५) मत सदर भएको थियो ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्