Techie IT
  • १७ माघ २०८२, शुक्रबार
KhojPatrika

रुकुमपश्चिममा कांग्रेस एकढिक्का, उम्मेदवार राजु केसीलाई जिताउन अभियान चलाउने उद्घोष


रुकुमपश्चिम । नेपाली कांग्रेस रुकुमपश्चिमले एकढिक्का भएको सन्देश दिएको छ । मुसिकोटमा बसेको जिल्ला कार्यसमिति र सरोकारवालाको बैठकले कांग्रेस एकढिक्का भएर चुनावमा जाने सन्देश दिएको हो । बैठकमा जिल्ला सभापति प्रेमप्रकाश ओलीले उम्मेदवार जिताउन आ–आफनो क्षेत्रबाट लाग्न निर्देशन दिए । उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राजु केसी र समानुपातिक तर्फ मानबहादुर नेपालीलाई जिताउन अग्रसर भएर प्रचारप्रसारमा लाग्न निर्देशन दिएका हुन ।

त्यस्तै बैठकमा कर्णाली प्रदेशका महामन्त्री तथा राष्ट्रिय सभा कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले जिल्लामा कुनै विवाद नभएको भन्दै सबै नेताहरु सक्रिय भएर चुनावी अभियानमा लाग्नुपर्ने बताए । उनले कांग्रेसमा विवाद छ भन्ने भ्रम छरेर चुनाव जित्ने मौका कसैले देखेको छ भने त्यो नदेख्न आग्रह गरे । विगतको बिरासत भत्काउने गरी कांग्रेसले चुनावी अभियान चलाउने उनको भनाई छ ।

विशेष महाधिबेशनपछि नेताहरुमा केही असन्तुष्टि भएपनि बैठकमा बोल्ने नेताहरुले अव त्यो सकिएको बताएका थिए । उनीहरुले एकताबद्ध भएर नतिजा आफ्नो पक्षमा लिन लाग्नुपर्ने बताएका थिए । त्यस्तै, चुनावी प्रचारको लागि कांग्रेसले १२ वटा मुल समिति गठन गरेको छ ।

उपसभापति हर्कसिंह खत्रीको संयोजकत्वमा ३ सय १ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरिएको छ । जसमा जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधी, पूर्वपधाधिकारी लगायत छन् । उपसभापति सुरजजंग मल्लको संयोजकत्वमा ५ सदस्य अनुगमन समिति गठन गरिएको छ ।

कोषाध्यक्ष मोहबीर खड्काको संयोजकत्वमा नीजि क्षेत्र समन्वय समिति, सहसचिव यज्ञबहादुर विष्टको संयोजकत्वमा स्थानीय प्रशासन समन्वय समिति, महासमिति सदस्य तिलक भण्डारीको संयोजकत्वमा निर्वाचन व्यवस्थापन समिति र महाधिवेशन प्रतिनिधी खड्क डाँगीको संयोजकत्वमा निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको छ ।

त्यस्तै, प्रदेश ‘क’ का सभापति महेन्द्र केसीको संयोजत्वमा स्थानीय तह समन्वय समिति, जिल्ला सदस्य डा. दिपक पुनको संयोजकत्वमा बौद्धिक क्षेत्र समन्वय समिति, प्रदेश महाधिवेशन प्रतिनिधी नरबहादुर लम्सालको संयोकत्वतमा सामाजिक संघ संस्था समन्वयन समिति, जिल्ला सदस्य दिपक शाहीको संयोजकत्वमा धार्मिक संघ संस्था समन्वय समिति र किसान महासंघका केन्द्रीय सदस्य डिल्लीरमण महतको संयोजकत्वमा पूर्व आप्रवासी समन्वय समिति गठन गरिएको छ ।

त्यस्तै शीर्षनेताहरु जिल्ला सभापति प्रेमप्रकाश ओली, मानबहादुर नेपाली, कृष्णबहादुर रोकाय र गोपालजी जंग शाहले सम्पूर्ण समितिहको परिचालन गर्ने जनाइएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं