रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह
काठमाडौं । रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको पहिलो अधिवेशन सकिएको छ । अधिवेशनबाट मनमोहन शाहको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित कार्यसमितिको बरिष्ठ उपसभापतिमा ललित बिष्ट चयन भएका छन् ।
त्यसैगरी उपसभापतिमा तिलक भण्डारी र घनश्याम खड्का मगर चयन भएका छन् । महासचिवमा उमेश खड्का, सचिवमा दिपेश ओली र विजय ओली, कोषाध्यक्षमा पम्फा ओली खड्का तथा सह–कोषाध्यक्षमा प्रबिन खत्री चयन भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा तिलक पुन मगर, शेखर बटाल, ठगेन्द्र खड्का, दिनेश केसी, कमल खत्री, ध्रुबराज कुसारी, हरिजङ्ग बिष्ट, भाला कुसारी, मोतिराम कुसारी, आदित्य केसी, गङ्गाराम खत्री, लालबहादुर कुसारी, ध्रुब पुन मगर र भुपाल कुसारी चयन भएको जनाइएको छ ।
नवगठित कार्यसमितिले क्यालिफोर्नियामा रहेका रुकुमेलीहरूलाई संगठित गर्दै आपसी सहकार्य, सामाजिक एकता तथा संस्थागत गतिविधिलाई थप सशक्त बनाउने उद्देश्य लिएको जनाएको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्