Techie IT
  • १५ माघ २०८२, बुधबार
KhojPatrika

क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै रुकुम पश्चिम कांग्रेस उम्मेदवार


रुकुमपश्चिम । नेपाली कांग्रेस रुकुम पश्चिममा उम्मेदवारले क्यूआर कोडमार्फत मतदाताबाट सुझाव संकलनको अभियान सुरु गरेका छन । क्यूआर कोडमार्फत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता र निर्वाचित भएपछि गर्नुपर्ने कामबारे सुझाव दिने व्यवस्था गरिएको छ । जसका लागि गुगल फाराम तयार गरिएको छ ।

त्यसमा मतदाताले आफ्ना सल्लाह, सुझाव तथा अपेक्षा सहजै राख्न मिल्ने बनाइएको छ । काँग्रेसका युवा उम्मेदवार राजु केसीले संकलित सुझावका आधारमा योजना निर्माण गरिने जानकारी दिए ।

केसीले समृद्ध रुकुम पश्चिम निर्माण गर्न र विगतका अधुरा विकासका काम पूरा गर्न मतदाताको सक्रिय सुझाव आवश्यक रहेको हुँदा क्यूआर कोडमार्फत सुझाव संकलन गर्ने अभियान थालिएको उनको भनाई छ । ब्यस्त मतदातालाई आफ्नो सुविधा अनुकुल सार्वजनिक रुपमा क्यूआर कोडमार्फत सुझावहरु दिन आह्वान गरिएको उनले बताए ।

बुधबारदेखि नै काँग्रेस उम्मेदवारले यो अभियान संचालनमा ल्याएका छन् । समानुपातिक उम्मेदवार मानबहादुर नेपालीले क्यूआर कोडमार्फत प्राप्त सबै सुझाव तथा गुनासोलाई संकलन, विश्लेषण र एकीकृत गरी घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष छलफल र बहस गरिने बताए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रुकुम पश्चिममा काँग्रेसले प्रत्यक्षतर्फ युवा उम्मेदवार राजु केसी र समानुपातिकतर्फ मानबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं