रुकुमपश्चिम कांग्रेसले सुरु गर्यो चुनावी अभियान
रुकुमपश्चिम । रुकुमपश्चिमा चुनावी सरगर्मी बढेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले चुनावी अभियानलाई तिब्रता दिएका हुन । नेपाली काँग्रेस रुकुम पश्चिमले पनि चुनाव लक्षित अभियान सुरु गरेको छ ।
रुकुमपश्चिमको कांग्रेसबाट प्रत्यक्षतर्फ राजु केसी र समानुपातिकतर्फ मानबहादुर नेपाली उम्मेद्वार छन् । चुनावी अभियान अन्र्तगत पहिलो चरणमा नगरपालिका र गाउँपालिका स्तरका नेता तथा कार्यकर्ता बीचमा छलफल र भेटघाट चलिरहेको छ ।
माघ ६ गते उम्मेदवारी दर्तासँगै नेपाली काँग्रेस रुकुमले चुनावी अभियान सुरु भएको नेताहरुले बताएका छन् । फागुन ८ मुसिकोट नगरपालिका र ९ गते बाँफीकोट गाउँपालिका, १० गते त्रिवेणी गाउँपालिकामा चुनावी अभियान चलाइएको हो ।

सोमबार आठविसकोट नगरपालिकामा कार्यक्रमको आयोजना गरिएको थियो । अभियानमा जोडिएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले स्वच्छ छवि भएका उमेद्वारलाई मतदान गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागिहरुले आफूहरुले द्धन्द्धको समयमा समेत कांग्रेसलाई साथ दिएको भन्दै रुख चिन्हमा नै मतदान गर्ने बताएका थिए ।
कांग्रेसले फागुन १३ गते सानीभेरी र फागुन १४ गते चौरजहारी नगरपालिकामा चुनावी अभियान चलाउने बताएको छ । त्यसपछि वडा र घरदैलो कार्यक्रमको अभियान चलाइने कार्यतालिका छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्