निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ मा उमेदवार बालेन्द्र शाह (बालेन)ले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ ।
धर्मराज तिमिल्सिनाले आइतबार आयोगमा उजुरी दिएका हुन् । शाहले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आवश्यक कारबाहीको माग गरिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि प्रधानमन्त्रीका उम्मेदवारको हैसियतमा आफू तयार रहेको बताएका थिए ।
उक्त अभिव्यक्तिमा बालेनलाई भदौमा भएको जेनजी आन्दोलनमा भौतिक संरचनाहरु ध्वस्त भएकोमा बालेनलाई व्यंग्यात्मक हिसाबले दोषी आरोप लगाउँदै सिंहदबार जलाउने र बनाउनेबीच बहसमा सहभागी हुन आफू तयार रहेको भनेका थिए ।
बालेनले जवाफमा जेनजी आन्दोलनमा बालबच्चाको हत्या गरेको आरोप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका थिए ।
उनले ओलीकै स्टाटसको कमेन्टमा जवाफ फर्काउँदै हत्याराहरुसँग बहसमा सँगै बस्न नसक्ने भनेका थिए । उनको यही अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्