Techie IT
  • १३ माघ २०८२, सोमबार
KhojPatrika

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ मा उमेदवार बालेन्द्र शाह (बालेन)ले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ ।

धर्मराज तिमिल्सिनाले आइतबार आयोगमा उजुरी दिएका हुन् । शाहले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आवश्यक कारबाहीको माग गरिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि प्रधानमन्त्रीका उम्मेदवारको हैसियतमा आफू तयार रहेको बताएका थिए ।

उक्त अभिव्यक्तिमा बालेनलाई भदौमा भएको जेनजी आन्दोलनमा भौतिक संरचनाहरु ध्वस्त भएकोमा बालेनलाई व्यंग्यात्मक हिसाबले दोषी आरोप लगाउँदै सिंहदबार जलाउने र बनाउनेबीच बहसमा सहभागी हुन आफू तयार रहेको भनेका थिए ।

बालेनले जवाफमा जेनजी आन्दोलनमा बालबच्चाको हत्या गरेको आरोप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका थिए ।

उनले ओलीकै स्टाटसको कमेन्टमा जवाफ फर्काउँदै हत्याराहरुसँग बहसमा सँगै बस्न नसक्ने भनेका थिए । उनको यही अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं