पूर्वराजा ज्ञानेन्द्र शाहले भने– ‘मेरो विशुद्ध धार्मिक यात्रा हो’
धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो यात्रा विशुद्ध धार्मिक रहेको बताएका छन् । परिवारसहित जनकपुरधाम आएका पूर्वराजा शाहले जानकी मन्दिरसहित विभिन्न मठ(मन्दिरमा पूजापाठ गरेका छन् ।
पूजा सम्पन्न गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो पारिवारिक धार्मिक यात्रा मात्र भएको स्पष्ट पारे । सोमबार दिउँसो जानकी मन्दिर पुगेका पूर्वराजा परिवारलाई समर्थकहरूले स्वागत गरेका थिए ।
जानकी मन्दिरमा पूजा गरेपछि पूर्वराजा शाह करिब आधा किलोमिटर पैदल यात्रा गर्दै राम मन्दिर पनि पुगेका थिए ।
यात्राका क्रममा हिन्दुवादी संघ-संगठन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले ‘राजा आऊ, देश बचाउ’ भन्ने नाराबाजीसमेत गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्