प्रकाश सपुत रास्वपामा प्रवेश, जीवनकै कठोर निर्णय गरेको जिकिर
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले औपचारिकरुपमा आफू राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा अघि बढेको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमा उनले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेनसँगको फोटो सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्दै, कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुनेरसहयोग गर्ने निधो गरेको छु ।’
रास्वपा प्रवेशलाई आफूले जीवनको कठोर निर्णयको रुपमा उल्लेख गरेका छन् । ‘मैले बडो दुःख, संघर्ष, मिहेनेत र धैर्यताले टिकाएको मेरो कला सिर्जनामार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थुप्रै दर्शक श्रोताको मन दुखाएर तपाईहरूसँग हातेमालो गर्दैछु ।
पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ’ उनले भनेका छन्, ‘कुनै एउटा दलमा लागेको भनेर अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक श्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौ । हामी सँगै देशले जित्नेछ ।’
रास्वपाले प्रकाशलाई २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाएको छ । भर्खरै मेला महोत्सवमा सांगीतिक टूर टुंग्याएर प्रकाश चुनाव प्रचारप्रसारमा जुट्ने भएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्