Techie IT
  • १३ माघ २०८२, सोमबार
KhojPatrika

प्रकाश सपुत रास्वपामा प्रवेश, जीवनकै कठोर निर्णय गरेको जिकिर


काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले औपचारिकरुपमा आफू राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा अघि बढेको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमा उनले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेनसँगको फोटो सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्दै, कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुनेरसहयोग गर्ने निधो गरेको छु ।’

रास्वपा प्रवेशलाई आफूले जीवनको कठोर निर्णयको रुपमा उल्लेख गरेका छन् । ‘मैले बडो दुःख, संघर्ष, मिहेनेत र धैर्यताले टिकाएको मेरो कला सिर्जनामार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थुप्रै दर्शक श्रोताको मन दुखाएर तपाईहरूसँग हातेमालो गर्दैछु ।

पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ’ उनले भनेका छन्, ‘कुनै एउटा दलमा लागेको भनेर अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक श्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौ । हामी सँगै देशले जित्नेछ ।’

रास्वपाले प्रकाशलाई २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाएको छ । भर्खरै मेला महोत्सवमा सांगीतिक टूर टुंग्याएर प्रकाश चुनाव प्रचारप्रसारमा जुट्ने भएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं