पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको आग्रह
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो बन्ने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
आइतबार सिंहदरबारमा आयोजित राष्ट्रियसभा संसदीय दलको बैठकमा उनले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गर्नुका साथै सबै पक्षलाई समेट्नेगरी प्रतिनिधिसभा उम्मेदवार चयन गरिएको भन्दै अब पार्टीको पक्षमा माहोल बनाउन लाग्नुपर्नेमा जोड दिए ।
प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा जनमत, कार्यक्षमता र छविलाई आधार बनाइएकाले निर्वाचनमा राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको संयोजक दाहालको भनाइ थियो ।
संयोजक दाहालले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सकारात्मक बनेको बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्