Techie IT
  • १२ माघ २०८२, आईतबार
KhojPatrika

पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको आग्रह


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो बन्ने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

आइतबार सिंहदरबारमा आयोजित राष्ट्रियसभा संसदीय दलको बैठकमा उनले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गर्नुका साथै सबै पक्षलाई समेट्नेगरी प्रतिनिधिसभा उम्मेदवार चयन गरिएको भन्दै अब पार्टीको पक्षमा माहोल बनाउन लाग्नुपर्नेमा जोड दिए ।

प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा जनमत, कार्यक्षमता र छविलाई आधार बनाइएकाले निर्वाचनमा राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको संयोजक दाहालको भनाइ थियो ।

संयोजक दाहालले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सकारात्मक बनेको बताएका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं