पार्टी कार्यालय नगएर निजी घरमा बालेनको दिनभर भेटघाट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह आज दिनभर एउटा निजी घरमा राजनीतिक भेटघाटमा सक्रिय बनेका छन् । उनलाई भेट्न दिनभर उपत्यकाका तीनवटै जिल्लाका रास्वपा उम्मेदवारहरूको लाइन नै लागेको थियो ।
साह हिजो झापाबाट काठमाडौं फर्किएका हुन् । उनी भोली सुदूरपश्चिम जाने तालिका छ । आज उनले आफ्ना सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा बसेर रास्वपा उम्मेदवारहरु भेटेका थिए । रास्वपा पार्टी कार्यालय वनस्थलीमा छ ।
घन्टीघर नाम दिइएको पार्टी कार्यालयमा बालेनको कार्यकक्ष पहिल्यै तयार गरिएको थियो, जहाँ उनले पदभार ग्रहण समेत गरिसकेका छन् । उनले गत ४ गते जनकपुर जानुअघि पार्टी कार्यालयमा गएर हतारमा आफ्नो कार्यकक्ष छिरेका थिए ।
त्यसबेला मुस्किलले १० मिनेट पार्टी कार्यालयमा बिताएका बालेन त्यसपछि फर्केर गएका छैनन् । बालेनले कुमार बेनको घरलाई नै आफ्नो ‘मुकाम’ बनाएर काठमाडौंका रास्वपा उम्मेदवार रञ्जु दर्शना, गणेश पराजुली, पुकार बम, सुनिल केसी, राजु पाण्डे, भक्तपुरमा उठेका राजीव खत्री, ललितपुरकी उम्मेदवार डा. तोसिमा कार्की, धादिङमा उठेकी आशिका तामाङ, काभ्रेमा उठेका बदन भण्डारीलगायतसँग भेटघाट गरे ।
भेटवार्तामा बालेनले उम्मेदवारहरूका कुरा सुन्नुका साथै आफ्नो राय सुझावहरू पनि दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्