गगन थापाको प्रतिबद्धताः बदल्यौँ कांग्रेस, बदल्छौँ देश
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पहिलो हस्ताक्षर आफ्नो प्रतिबद्धतामा गरेका छन् ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको १० दिनपछि पदबहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर प्रतिबद्धतामा गरेका हुन् ।
उनले पहिलो हस्ताक्षर गरेको प्रतिबद्धतामा लेखिएको छ, ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश । यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ हामी ।
हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’ पद बहाली भएपछि विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक पार्टी कार्यालयमा बसिरहेको छ ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान
- २रविविरुद्ध जाहेरी दिने कृष्णप्रसाद सहकारी ठगीमै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
- ३कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी
- ४२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- ५निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश



तपाईको कमेन्ट लेख्नुहोस्