कांग्रेसले बनायो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।
सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने प्रस्ताव उपसभापति शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा राखेका थिए ।
त्यो प्रस्तावलाई अर्की उपसभापति पुष्पा भुसालले समर्थन गरेपछि केन्द्रीय कार्यसमितिले एकमतले पारित गरेको उपसभापति शर्माले जानकारी दिए ।
उम्मेदवार घोषणा गर्दा ५ मापदण्ड बनाएर त्यसलाई स्वीकार गर्ने गरी उम्मेदवार घोषणा गरिएको शर्माको भनाइ थियो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्