आशिकाविरुद्ध आएको उजुरी फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध लगिएको उजुरी निर्वाचन कार्यालयले दर्ता गर्न अस्वीकार गरेको छ ।
तोकिएको समय सकिएपछि आएको ठोस प्रमाणबिनाको उजुरी कार्यालयले हिजै फिर्ता गरिदिएको हो । तामाङसँग जर्मनीको पीआर भएकाले उम्मेदवारीका लागि योग्य नहुने भन्दै उजुरी दिन खोजिएको थियो ।
यद्यपि, उजुरीकर्तासँग त्यस्तो पुष्टि गर्ने प्रमाण नरहेकोले फिर्ता लिइएको हो । आशिका लामो समय जर्मनीमा बसेर त्यहीँको नागरिकसँग विवाह गरेकी छिन् ।
उनीहरूका दुई सन्तान पनि छन् । आशिकाले नेपालको नागरिकता–पासपोर्ट भने त्यागेकी छैनन् । उनले जर्मटीको ‘टिआर’ लिएकी थिइन् ।
यो कार्डको प्रावधान अनुसार ६ महिनाभन्दा बढी समय देशबाहिर रह्यो भने स्वतः निष्क्रिय हुन्छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्