राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
उनले बहुपक्षीय संस्थाको कमजोर र स्वास्थ केन्द्रित गठबन्धनको बढ्दो प्रभाव, सूचना प्रविधिको व्यापक प्रयोग र दुरूपयोग, साना–राष्ट्रको घट्दो निर्णय क्षमताका कारण पनि राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताए ।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आज यहाँ आयोजित ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालय’को भूमिका विषय कार्यक्रममा प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको आयाम, क्षेत्र, अभ्यासमा सरोकारवालाबीच साझा सोच र धारणा आवश्यक रहेको बताए ।
उनले जटिल र बहुआयामिक सामाजिक वातावरणमा बाह्य तथा आन्तरिक सुरक्षा पर्नसक्ने प्रभावको गहन विश्लेषण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक दृष्टिकोणसहित प्रभावकारी राष्ट्रिय सुरक्षाको व्यवस्था जानु आजको अपरिहार्यता रहेको बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान
- २रविविरुद्ध जाहेरी दिने कृष्णप्रसाद सहकारी ठगीमै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
- ३कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी
- ४२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- ५निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश



तपाईको कमेन्ट लेख्नुहोस्