बालेनभन्दा ७० प्रतिशत भोट ल्याएर जित्ने एमाले अध्यक्ष ओलीको दाबी
झापा । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाता पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको भन्दै उनले खसेको मतको दुईतिहाइ भन्दा बढी मत एमालेले ल्याउने दाबी गरे ।
कमल गाउँपालिकाका कार्यकर्तासँगको भेटमा ओलीले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एकढिक्का रहेको बताएका छन् । अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने बेला आएको भन्दै उनले जेन(जी आन्दोलनमा राजनीतिक कार्यभन्दा बढी आपराधिक काम भएको दोहोर्याए ।
उनको प्रश्न थियो, ‘नगरपालिका किन जलाएको, बिजनेस कम्प्लेक्स किन जलाएको रु दमक नमूना सहरको रूपमा विकास भक्षरहेको छ । त्यो भवनमा भ्यू टावरमा होइन आईटी हबको रूपमा विकास गर्न सकिन्थ्यो नि, यसरी देश जलाएर, जनता आतङ्कित पारेर पनि हुन्छ ?’
बालेनलाई लक्षित गर्दै ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूलाई भूमिहीन नागरिकलाई कसरी बसोबासको व्यवस्था मिलाउने थाहा नभएको टिप्पणी गरे । विपन्न आवास कार्यक्रम, एकीकृत बस्ती विकासलगायतका योजनाबाट धेरैले घरबास पाएको उनले सम्झिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्