साढे तीन दशकपछि डडेलधुरामा कांग्रेस उम्मेदवार फेरिए, देउवाको ठाउँमा नैनसिंह महर
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता नौसिंह महर चुनाव लड्ने भएका छन् । सभापति गगन थापाले डडेलधुराका लागि महरलाई टिकट दिएका हुन् ।
देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो । महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् ।
महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । २०४८ साल देखि डडेलधुरामा कांग्रेसको एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । उनले सबै निर्वाचन जित्दै आएका थिए ।
करिव ३५ वर्षपछि डडेलधुरामा कांग्रेसका उम्मेदवार बदलिएका हुन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्