राजु केसी रुकुमपश्चिमको कांग्रेस उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले रुकुमपश्चिमको लागि युवा नेता राजु केसीलाई टिकट दिएको छ । विशेष महाधिबेशनबाट निर्वाचित सभापति गगन थापाले केसीलाई प्रतिनिधिसभाको रुकुमपश्चिमको उम्मेद्वारका लागि टिकट दिएका हुन ।
यसअघि रुकुमपश्चिमबाट जिल्ला सभापति प्रेमप्रकाश ओली र पूर्वराज्यमन्त्री गोपाल जीजंग शाह उम्मेदवार सिफारिस भएका थिए ।
तर, शाह र ओलीले बलिएको कांग्रेसको राजनीतिका कारण चुनाव नलड्ने प्रतिक्रिया दिएका थिए । जसका कारण जिल्लादेखि नै उम्मेदवारका आकांक्षी केसीलाई नै कांग्रेसले टिकट दिएको हो ।
जेनजी आन्दोलनपछि रुकुमपश्चिमका कांग्रेसका युवाहरुले पनि युवालाई नै यो पटक चुनावका लागि टिकट दिनुपर्ने आवाज उठाउँदै आएका थिए । केसी मंगलबार नै मुसिकोट पुगेर मनोनयन दर्ता गर्ने बताएका छन् ।
टिकट पाएपछि केसीले रुकुमपश्चिमका नेताहरुको साथ र सहयोगले नै आफू चुनाव लड्न लागेको प्रतिक्रिया दिएका छन् ।
उनले रुकुमपश्चिम कांग्रेस एकताबद्ध भएर चुनावमा जाने बताए । काठमाडौंमा रहेका नेताहरु पनि अव जिल्ला जाने र चुनावी अभियानमा लाग्ने केसीले बताएका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्