Techie IT
  • ४ असोज २०८३, आईतबार
KhojPatrika

सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन


काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले चुनाव निर्धारित मितिमै हुने आश्वस्त पारेका छन् ।

क्याविनेटका निर्णय सार्वजनिक गर्ने क्रममा कांग्रेसको आधिकारिकता विवादले निर्वाचन सर्छ कि भन्ने आशंका रहेको भन्दै सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै खरेलले सरकार पूर्ण तयारी रहेको बताए ।

चुनावका स्टेक होल्डर अरु पनि रहेकाले सबैको उत्तिकै भूमिका हुने उनको भनाइ छ । मन्त्री खरेलले भने, ‘फागुन २१ भन्दा यताउता हुँदैन । सरकार त्यही तयारीमा छ ।

निर्वाचन गराउने सरकारले मात्र होइन । आयोग, दल र सरोकारवाला छन् । निर्वाचन आयोगको निर्णयहरू पर्खिउँ म यत्ति भन्छु ।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्