विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको जिकिर गरे । उनले भने, ुयो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो । आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ।
हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन, उनले भने । तर, कांग्रेस भित्र गिरोहका गुटहरू बनेका कारण कांग्रेस बदल्न जरूरी रहेको उनको भनाइ छ । उनले अहिलेको आवश्यकता नै पार्टी समानताको लागि, देशको लागि र बाहिर गाउँमा बसेका आम मानिसका लागि भएको उल्लेख गरे ।
महामन्त्री थापाले बाहिरको हल्लाको पछि आफू नलागेको र प्रतिनिधिहरूलाई पनि नलाग्न आग्रह गरे । उनले भने, ुअहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही टिकटका लागि कोही भागबण्डाको लागि भनेका छन् तर म हल्लाको पछि लागेको छैन। तपाईंहरू पनि नलाग्नुस्।
हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौँ, बाहिरको होइन। विशेष महाधिवेशनबाट विश्व गगनलाई सभापति चाहिएको छैन। नीति र नेतृत्व परिवर्तन चाहिएको छ।ु
उनले यो विशेष महाधिवशेनलाई उपलब्धिपूर्ण तरिकाले टुंग्याउनुपर्नेमा उनले जोड दिए। उनले भने, ुतपाईं हामी यति धेरै टाढाबाट आएका छौं। अब हलले एउटा उपलब्धिपूर्ण तरिकारले आफ्नो अधिकार सुनिश्चित गर्न म आग्रह गर्छु।
उनले हलभित्र रहेका प्रतिनिधिहरूलाई आफ्नो र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन ताली बजाएर बहुमतका साथ पास गरिदिनसमेत आग्रह गरे। सोअनुसार बहुमतका साथ प्रतिवेदन पारित भएको छ । योसँगै बन्द सत्र पनि सकिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्