Techie IT
  • ४ असोज २०८३, आईतबार
KhojPatrika

मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

२३ र २४ भदौको घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले बुधबार कार्यालयमै लामिछानेलाई बोलाएर बयान लिएको हो ।

जेनजी आन्दोलनका क्रममा लामिछानेको संलग्नता, नख्खु जेलबाट निस्किएको घटनालगायत विषयमा लामिछानेसँग बयान लिइएको आयोगले जनाएको छ ।

आयोगले आयुक्त लिली थापाको संयोजकत्वमा २३ र २४ आन्दोलन घटनाका बारेमा छानबिन गरिरहेको छ ।

आयोगले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतसँग यसअघि नै बयान लिइसकेको छ । आयोगको छानबिन अन्तिम चरणमा पुगेको र अब प्रतिवेदन लेखन शुरु गरिने बताइएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्