कुलमानले भने रास्वपाले रणनीतिक उपयोग गर्न खोजेको छ
काठमाडौं । उज्यालो नेपाल पार्टीले आफ्नो अस्तित्व मासेर कुनै पार्टीसँग एकतामा नजाने निष्कर्ष निकालेको छ । आज बसेको केन्द्रीय समिति बैठक बैठकले आत्मसमर्पण गरेर कुनै पार्टीसँग एकतामा नजाने निष्कर्ष निकालेको हो ।
रास्वपासँग एकताका लागि सभापति, प्रधानमन्त्रीको उम्मेदवार पार्टीले लिगेसी (नाम वा चुनाव चिन्ह) हुनुपर्ने प्रस्ताव अघि सार्दा कुनै कुरामा पनि सहमत नभएको बैठकलाई संरक्षक कुलमान घिसिङले ब्रिफिङ गरेका छन् ।
उनले बैठकमा भने, ‘रास्वपाको उद्देश्यले कुलमान र बालेन पनि आउँदैछ भनेर माहोल बनाउने, पार्टीमा जनमत बढाउने तर अस्तित्व स्वीकार नगर्ने देखियो ।’
बैठकमा अधिकांश नेताहरूले अस्तित्व स्वीकार नभए एक्लै चुनावमा जानुपर्ने मत राखेका छन्। एक्लै चुनावमा जाँदा यस पटक कि सिकिन्छ कि जितिन्छ भन्ने उनीहरूको बुझाइ छ । उनले रास्वपाबाट बालेनमाथि पनि धोका हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
बैठकमा उनले भने, ‘बालेनले रविसँग ५ वर्ष प्रधानमन्त्रीको ग्यारेन्टी मागेका छन् । त्यो रास्वपाबाट स्वीकार भएको छैन । बालेनमाथि पनि रास्वपाबाट धोका हुनसक्छ । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय अहिलेसम्म गरेको छैन ।’
बैठकले सबैको सहअस्तित्वलाई स्थापित हुने गरी एकताको पक्षमा रहेको र आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि गरेको छ। एकताको संवाद गर्न पार्टीका अध्यक्षलाई अधिकार दिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्