सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले सरकारलाई रास्वपाको समर्थन रहेको बताएका छन् ।
चुनावको तयारीबारे सिंहदरबारमा भएको बैठकमा विदेशबाट भोट हाल्न पाउने, अन्तर क्षेत्र भोट हाल्न पाउनेलगायतको विषयलाई आफूहरूले पार्टी स्थापनाकालदेखि नै उठाउँदै आएको बताएका हुन ।
कानुन सुधारको लागि आएको प्रस्तावमा पनि आफ्नो पार्टीको समर्थन रहेको बताए । उनले राजनीतिक दलको नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने बताए ।
सरकारले अघि सारेको निर्वाचनको कानुन संशोधन गर्ने अध्यादेशमा आफ्नो पार्टीको समर्थन रहेको बताएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्