ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । बिहीवार पार्टी शपथग्रहण लगत्तै पार्टी कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन ।
उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनि गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए । उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।
उनले भने, ‘नेकपा एमालेको नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्महरुको फेरी थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुनसक्दछ । म तपाईहरुलाई भन्न चाहान्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार ।
यसका निम्ति नेकपा एमालेले देशभरीबाट तयारी हालतमा बस्नुपर्दछ । संसारमा केही महंगो पथ्र्यो भने एमालेलाई छुनु महंगो पर्नेछ । यो कुराको लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ । गरेर देखाउनुपर्दछ ।’
उनले एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महंगो पर्ने चेतावनी समेत दिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्