मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरुको रोजगारी व्यवस्थापनको लागि मन्त्रालयमा नै जेन–जी कक्ष राखेर काम गर्ने बताएका छन् । मन्त्रालयमा जेन–जीका अगुवाहरुसँग आईतवार भएको छलफलमा उनले यस्तो बताएका हुन ।
मन्त्रालयमा जेन–जीको समेत प्रतिनिधित्व रहनेगरी सेल स्थापना गर्ने उनको भनाई छ । उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सीपयुक्त जनशक्तिको लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए । जेन–जी सेल स्थापना गर्नको लागि आफूले निर्देशन दिएको जानकारी दिनुहुँदै मन्त्रालयले चाँडै नै तयारी थाल्ने उल्लेख गरे । उनले रोजगारी र सुरक्षा हालको मुख्य विषय रहेकोले यसको लागी आफूले सक्दो प्रयास गर्ने उनले प्रतिवद्धता पनि जनाएका थिए ।
उनले भने, ‘एउटा जेन–जीको सेल नै यही (मन्त्रालयमा) राख्ने, त्यो सेल राखेर रोजगार सम्बन्धीका सम्पूर्ण कुराहरु उहाँसंग छलफल गर्ने र उहाँहरुकै साथ र सहयोग लिएर हामीहरुले रोजगारको लागी प्राईभेट सेक्टरमा कसरी जान सकिन्छ, टे«निङका सेन्टरसंग कसरी जान सकिन्छ, तत्काल दिनुपर्ने राहतका कुराहरु केके हुन सक्छन्, त्यसका लागी जेनजी सेलकै मैले यहाँ एउटा कुनै उपस्थिति, प्रतिनिधित्व रहने गरेर ।
आउनुस् न यहाँ लुकाउनुपर्ने के छ ? हाम्रो क्षमता यति छ, यो भित्र तपाईहरुलाई कहाँ कहाँ राख्ने त्यो ढंगबाट काम गर्नुस् भनेर कुरा गर्दाखेरी उहाँ (सचिव)ले राम्रो छ, हामी तयारी गर्छौं भन्नुभएको छ । मुख्य मुद्दा भनेको सामाजिक सुरक्षा र रोजगार यी दुई वटा कुराको ज्ञारेन्टीलाई कसरी सुरक्षित गर्ने भन्ने मुख्य कुरा यो हो ।
यसमा तपाईहरुकै प्रत्यक्ष संलग्नतामा, अझ म त के भन्छु भने हाम्रो निर्देशनमा होईन, तपाईहरुकै निर्देशनमा यसलाई अगाडी बढ्छौँ । त्यसको लागी चाहीँ मैले यहाँ भुमिका खेल्न प्रतिवद्ध छु ।’
उनले प्रधानमन्त्रीले सुशिला कार्कीले जेनजीको भावनाअनुरुप काम गर्न निर्देशन दिएकोले सोहीअनुसार आफूले काम गर्ने पनि जानकारी दिए । आफ्नो पहिलो प्राथमिकतामा नै जेन–जी हुने उनको भनाई छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्