Techie IT
  • २७ मंसीर २०८२, शुक्रबार
KhojPatrika

प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस


पाल्पा । नेपाल विद्यार्थी संघको पूर्वमहामन्त्री डा.महेश्वरी कुँवर नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा उम्मेद्वारमा सिफारिस भएकी छन् ।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ कुँवरसहित ४ जनाको नाम कांग्रेस क्षेत्रिय समितिको बैठकले सिफारिस गरेको हो ।

कुँवरसँगै हिमाल दत्त श्रेष्ठ, बीरबहादुर राना, कृष्ण बस्याल र मिना पन्थीको नाम सिफारिस गरेको पाल्पा कांग्रेसले जनाएको छ । नेविसंघदेखि नै लामो राजनीति गरेका कारण कुँवरले आफूलाई बलियो दाबेदारका रुपमा प्रस्तुत गरेको बताएकी छन् ।

कांग्रेसको केन्द्रको परिपत्र अनुसार विभिन्न जिल्लाबाट धमाधम उम्मेद्वार सिफारिस भइरहेका छन् । यसअघि प्रतिनिधिसभा सदस्यका लागि पाल्पा क्षेत्र नम्बर १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफारिस गरिएको थियो ।


क्याटेगोरी : जीवनशैली, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं