पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ । चन्दले नेपाली साहित्यका क्षेत्रमा पुर्यएको योगदानको कदर गर्दै सोमबार सामुहिक रुपमा अभिनन्दन गरिएको हो ।
साहित्य पत्रकार संघ, जनमत वाङ्मय प्रतिष्ठान, नेपाली कला साहित्य डटकम, नेपाल वालसाहित्य समाज, बासु शशी स्मृति परिषद्व, विश्व नेपाली साहित्य प्रतिष्ठान लगायत १०१ संस्थाहरूले खादा माला सहित सम्मान पत्रबाट उनलाई सामुहिक रुपमा अभिनन्दन गरेका हुन् ।
पूर्व प्रधानमन्त्री चन्दले अख्यान र निवन्ध सिर्जनाका माध्ययमबाट नेपाली समाज रुपान्तरणका लागि महत्त्वपूर्ण योगदान पुर्याएको अभिनन्दनपत्रमा उल्लेख छ । अभिनन्दन कार्यक्रममा चन्दले देश बर्बादी तर्फ गैरहेको भन्दै देश बनाउन सबै दल एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि उल्लेख गरे ।
उनले देशको सार्वभौम, स्वतन्त्रता र अस्तित्व जोगाउने हो भने सबै राजनीतिक दल एक भएर अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा सुदूरपश्चिमको मौलिक छलिया नाछ पनि देखाइएको थियो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान
- २रविविरुद्ध जाहेरी दिने कृष्णप्रसाद सहकारी ठगीमै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
- ३कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी
- ४२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- ५निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश



तपाईको कमेन्ट लेख्नुहोस्