गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझावः नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह गरेकी छन् । आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले नेपालमा आफ्नो नेपालमा सुरक्षित राख्न आग्रह गरेकी हुन ।
गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा नहेरेको बताउँदै उनले विदेशमा रहेका नेपालीको सम्पतीको सुरक्षा सरकारले गर्ने बताइन । उनले हाल विश्वभर बाहिरका मान्छेलाई बस्न नदिने खालको चलन चलेको उल्लेख गर्नुहुँदै नेपालमा एउटा कोठा मात्रै भएपनि सुरक्षित राख्न आग्रह गरिन ।
उनले सरकारले गैरआवासीय नेपालीहरुका समस्या विस्तारै सम्बोधन हुँदै जाने पनि बताइन । गैरआवासीय नेपालीहरुले विगतमा पनि सहयोग गरेको उल्लेख गर्नुहुँदै उनले आगामी दिनमा पनि लगानी गर्न आग्रह गरिन ।
उनले भनिन्, ‘जो विदेशमा हुनुहुन्छ, उहाँहरुले नेपालमा एउटा आफ्नो स्थान चाहीँ राख्नुपर्छ, यहाँ मेटाउनु हुँदैन । चाहे एउटा फ्ल्याट नै किन नहोस् । एउटा राख्नुपर्छ, आफ्नो टेक्ने ठाउँ । हालाकी त्यो सुविधा अहिले नै नमिल्ला, अहिले फेरि किर्ते भएर विदेशमा हुनेका जग्गा जमिन एउटाले अर्कोको नाममा पास गरिदिएर बेचिदिएर मान्छे एकातिर छ, यहाँ बेचिदिएर ।
त्यो सुविधा छैन, तर विस्तारै मिल्ला त्यो सुविधा पनि, सेक्युरिटी हुन्छ नी सुरक्षा । विदेशमा बस्नेहरुको सम्पतिको सुरक्षा । त्यो त नमिलाई हुँदैन । तर आफ्नो स्थान चाँही यहाँ राख्नुपर्छ के टेक्ने ठाउँ । यसो खुट्टाले टेक्ने ठाउँ, एउटै खुट्टाले मात्रै टेक्ने ठाउमा मात्रै पनि किन नहोस् । आएर यसो बस्ने दुईचार दिन । त्यो चाहीँ हुनुपर्छ भन्ने मलाई लाग्छ ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्