मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
काठमाडौं । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको बचाउमा समर्थकहरु पनि धर्नामा उत्रिएका छन् । मुख्यमन्त्री यादवलाई विपक्षी दलहरुले काम गर्न नदिएको भन्दै काम गर्न दिनुपर्ने मागसहित समर्थकहरु धर्नामा बसेको हुन् ।
जनकपुरधामस्थित जनक चोकमा मुख्यमन्त्री यादवका समर्थक एवं एमालेका नेता–कार्यकर्ताहरु धर्नामा बसेका छन् । संविधानलाई रक्षा गरौं र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ भन्दै आफूहरु धर्नामा बसेको एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले बताए ।
सर्वोच्च अदालतमा यादव नेतृत्वको सरकार गठन संवैधानिक नरहेको भन्दै काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट दिएका थिए । यही विवादमा गत मंगलवार अन्तरिम आदेशसमेत जारी भएको थियो । सर्वोच्चले मुख्यमन्त्री नियुक्त यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको थियो ।
सर्वोच्चमा मुख्यमन्त्री नियुक्तिको विवाद सम्बन्धी रिटको सुनुवाई जारी रहेको समयमा धर्ना तथा आन्दोलनको कार्यक्रम गरेर ७ दलिय गठबन्धनले मुख्यमन्त्री यादवले काममा अवरोध सिर्जना गरिरहेको मुख्यमन्त्री यादवका समर्थकहरुको आरोप छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत
- २पार्टीलाई गाउँको जरादेखि डिजिटल स्क्रिनसम्म पुर्याउने काँग्रेसको रणनीति
- ३सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- ४हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ५सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’



तपाईको कमेन्ट लेख्नुहोस्