रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले एक दिवसीय अभ्यास म्याचमा साउथ अष्ट्रेलियालाई हराएको छ ।
नेपाललाई २ विकेटको रोमाञ्चक जित दिलाउन कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे । साउथ अष्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले दुई विकेट र ५ बल बाँकी छँदा भेट्यो ।
१० औ नम्बरमा आएका सोमपाल कामीले रोहितलाई साथ दिँदै अविजित ३८ रन जोडे । रोहित १०१ रनमा नटआउट रहे । नेपालले १६० रनमा ८ विकेट गुमाएको स्थितिबाट उकास्दै रोहित र नेपाललाई लक्ष्यसम्म पुर्याएका थिए ।
साउथ अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै निर्धारित ४५ ओेभरमा २४२ रन बनाएको थियो । नेपालका नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्