Techie IT
  • ७ भदौ २०८२, शनिबार

स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन


काठमाडौं । युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा राजनीति सही नभएसम्म मुलुकले अघि बढ्न नसक्ने बताएका छन् ।

एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज एशोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै घिसिङ्ले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका हुन ।

उनले विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउन र छिटो आर्थिक परिवर्तन गर्न नीति र नेतृत्वमा व्यापक सुधार आवश्यक भएको पनि जोड दिए । घिसिङ्ले भने, ‘सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न सक्दैन’, उनले थपे, ‘अहिले देशभरि झण्डै हरेक घरमा बत्ती पुगेको छ। तर बत्तीको उज्यालोले मात्रै पुग्दैन।

देशभित्र हरेक क्षेत्र उज्यालो हुनुपर्छ । सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न र नेपालको समृद्धिको खाका कोर्न उज्यालो नेपाल अभियान सुरु गरिएको हो।’

उनले सबै राजनीतिक दलभित्र र बाहिर, स्वदेश वा विदेशमा रहेका नेपाली मिलेर राम्रो नेतृत्व जन्माउनु पर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालका उपलब्धिहरू साझा गर्दै भने, ‘म प्राधिकरणमा आउँदा कुल विद्युत उत्पादन ८०० मेगावाट थियो, अहिले झन्डै ४ हजार मेगावाट पुगेको छ।

पाँच गुणा बढी उत्पादन भइसकेको छ र हजारौं मेगावाटका परियोजनाहरू निर्माणाधीन छन्। वार्षिक २५ अर्ब रुपैयाँ महसुल उठाइरहेका छौं। प्राधिकरणलाई आर्थिक रूपमा सबल बनायौं। आम जनताको सहयोग र देश–विदेशबाट प्राप्त समर्थनका लागि म सधैं आभारी छु।’


क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं