पत्रकार सम्मेलन गर्दै विद्या, एमाले निर्णयको प्रतिवाद गर्ने
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।
उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् ।
साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ ।
तर, विद्याले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीमा छिन् । त्यसका लागि देशव्यापी राजनीतिक अभियान चलाउने विद्याको तयारी छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्