एमाले केन्द्रीय कमिटी बैठक आज पनि, नेताहरुले आ–आफ्नो धारणा राख्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने भएको छ । सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आज सक्ने तयारी छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन–तीन मिनेट बोल्ने समय दिइएको छ ।
सोमबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा राजनीतिक निर्णय गर्नुपर्ने धारणा राखेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई केन्द्रीय सदस्यहरूले प्राथमिकता दिँदै यही बैठकबाट निर्णय लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।
पार्टी केन्द्रीय सदस्यहरूले सचिवालय र पोलिटब्युरो बैठकका प्रस्तावहरूमा सहमति जनाएका छन् । बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका गरेका थिए ।
त्यसपछि केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएकोमा गण्डकी, मधेस र उपत्यका कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूले बोलेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्