स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
नेपाली राजदूतावास म्याड्रिडद्वारा बुधबार आयोजित लगानी प्रवर्धन कार्यक्रममा ओलीले नेपालमा लगानीको अनुकुल वातावरण तयार भइसकेको बताएका हुन ।
उनले कानूनी, संस्थागत तथा प्रक्रियागत सुधार भएको उल्लेख गर्दै उनले दक्षिण एसियामध्ये नेपालमा लगानीका लागि सबैभन्दा अनुकूल वातावरण रहेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले नवीकरणीय ऊर्जा, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रहरूमा अपार सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा स्पेनी व्यवसायीहरूले नेपालको लगानी वातावरणबारे जिज्ञासा राख्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्